पेरिस ओलम्पिक: महिला फुटबल छनोट नेपालमा हुने
काठमाडाैं | फागुन १४, २०७९
काठमाडौं : नेपालले अर्को वर्ष फ्रान्समा हुने पेरिस ओलम्पिक २०२४ को एरिया महादेशको महिला फुटबल छनोट अन्तर्गत समूह ‘सी’को खेल आयोजना गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपाल आयोजक चयन भइसकेको बताएको छ।
नेपालले समूह ‘सी’को छनोटमा भियतनाम र अफगानिस्तानसँग खेल्ने छ। समूह ‘सी’मा परेको प्यालेस्टाइनले नाम फिर्ता लिएपछि तीन टिम मात्रै सहभागी हुनेछन्। पहिलो चरणका खेलहरू अप्रिल चारदेखि सुरु हुनेछन्।
पहिलो चरणबाट समूह विजेता छनोटको दोस्रो चरणमा पुग्नेछन्। उत्तर कोरिया, अस्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया यसअघि नै दोस्रो चरणमा पुगिसकेका छन्। दोस्रो चरणमा पुगेका टिमहरूलाई तीन समूहमा विभाजन गरेर तीन समूह विजेता र एक उत्कृष्ट उपविजेता टिम तेस्रो चरणमा पुग्ने छन्।
तेस्रो चरणबाट शीर्ष दुई टिमले अर्को वर्ष हुने पेरिस अोलम्पिकमा स्थान बनाएने छन्। नेपाली राष्ट्रिय टिमले ओलम्पिक छनोटको तयारी स्वरूप भारतसँग यही महिना दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ। भारतविरुद्धको पहिलो खेल २–२ तथा दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

